हिमालयन डिष्टिलरीको नाफा ६३.५१ प्रतिशतले घट्यो



काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीको नाफा ६३.५१ प्रतिशतले घटेर २१ करोड ४ लाख १६ हजार रुपैयाँमा सिमित भएको छ ।

गत आवको सोही अवधिमा कम्पनीको नाफा ५७ करोड ६६ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि घटेको छ । जसको असर नाफामा परेको छ । सञ्चालन नाफा ३९.५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ४१ लाख १३ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५३ करोड ९६ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

२ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५२ करोड ८२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ७४ पैसा रहेको छ ।


क्लिकमान्डु