टी २० विश्वकप खेल्ने टोली घोषणा भएकै बेला सन्दीपले भने: म षड्यन्त्रको शिकार भएँ



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकारमा परेको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको दाबी गरेका हुन् ।

लामिछानेले सत्यतथ्य सबैकुरा समयसँगै बाहिर आउने बताउँदै आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्यांकन गर्ने उल्लेख गरेका छन् ।

‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून् । सबै कुरा ईश्वरमा छोडिदिन्छु । समयले सत्य बताउँनेछ ‘ उनले लेखेका छन् ।

आजै साँझ नेपाल क्रिकेट संघ (क्यान)ले आसन्न टि २० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो ।
बालात्कार आरोपमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका उनको उच्च अदालतमा पुनरावेदन मुद्दा विचाराधिन रहँदा उनी विश्वकपको टोलीमा परेनन् ।


क्लिकमान्डु