‘कतारी राजाको भ्रमण नेपालका लागि सुनौलो अवसर’



काठमाडौं । नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाइ छ । उनीहरुले नेपाल सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट धेरै फाइदा लिनसक्ने अवसर रहेको बताए । उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए ।

कतारका प्रतिष्ठित व्यवसायी तथा गैरआवासीय नेपाली संघका अभियान्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको बताए । उनले नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरुलाई विश्वास दिलाउन सक्ने उल्लेख गरे ।

उनले कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश भएकाले नेपालमा त्यस क्षेत्रको लगानी आवश्यक रहेको बताए । अध्यक्ष शर्माले नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले जलविद्युतमा पनि कतारको लगानी ल्याउन सक्नुपर्ने बताए । कतारले पछिल्लो दशकमा प्रविधिको क्षेत्रमा गरेको विकाशको मोडल नेपालमा लागू गर्नसके धेरै फाइदा हुने बताए ।

उनले कतारसँग नेपालमा ३ लाख ५ हजार भन्दा बढी घरघुरी जोडिएकाले नेपाल अनकुल श्रम सम्झौता गर्न आवश्यक रहेको बताए ।

परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताए । उनले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताए ।

उनले नेपालले कतारले भनेको जस्तो श्रम सम्झौता गर्न तयार हुने तर कतारले विपिन जोशीलाई रिहा गर्नुपर्ने प्रमुख एजेण्डा बनाउनुपर्ने बताए । सरकारले विपिन निर्दोष व्यक्ति भएको भन्दै इजरायली र प्यालेस्टाइनहरुसँग कुनै शत्रुता नभएको दाबी पेश गर्न आवश्यक रहेको बताए ।

आचार्यले यसो भने

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले नेपाल भ्रमणमा आउने भन्ने कुरा सुनेपछि मलाई के लागेको छ भने कतार प्यालेस्टाइन र हमासको राम्रो सम्बन्ध छ । हामीले भन्नुपर्छ । यो श्रम सम्झौतामा हस्ताक्षर हुनुभन्दा अघि कतारले नेपालका विपिन जोशीलाई छुटाइदिनु प¥यो भनेर भन्नुपर्छ । हामीले कुटनीति गर्ने भनेको नै यही हो । हामीले कतारले भनेजस्तो श्रम सम्झौता गर्छौं । तर त्यो भन्दाअघि विपिन जोशीलाई छुटाईदिनु पर्‍यो । त्यो निर्दोष मान्छे हो । नेपालबाट कृषि सिक्न भनेर गएको हो । इजरायली र प्यालेन्सटाइनहरुसँग कुनै शत्रुता छैन भनेर छुटाउन माग गर्नुपर्छ । यहाँ शक्तिशाली हो । उनले भनेको मान्छन् जस्तो लाग्छ । यहाँ निर नै हो कुटनीतिक गर्नुपर्ने । सरकारले नेपालका एक लाखलाई दिने महत्व एक नागरिकलाई पति त्यति नै दिनुपर्छ । कुटनीतिक भनेको हेलो कस्तो छ भन्ने मात्रै होइन । त्यो तर्क दिएर भन्नेकुरा हो । नेपालका राष्ट्रपति,प्रधानमन्त्री, परराष्ट्र र श्रममन्त्रीले एउटै भाषामा विपिन जोशीलाई छुटाईदिनु पर्छ ।


क्लिकमान्डु