गण्डकीमा प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान

105
Shares

कास्की । गण्डकीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

बुधबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत्र २७ गते मंगलबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

बुधबारै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख भट्टसमक्ष लिखित राजीनामा बुझाएका थिए ।