
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दमबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार गरेको ९०७ पेज लामो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएसकेको छ । तर, सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । उच्च स्रोतबाट क्लिकमान्डुले उक्त प्रतिवदेन प्राप्त गरेको छ ।छानबिनका क्रममा आयोगले २०० भन्दा बढी व्यक्तिहरूसँग सोधपुछ र बयान लिएको थियो ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।








प्रतिक्रिया