धनगढीबाट काठमाडौं उडेका बुध्द र श्री एयरका विमान भैरहवामा अवतरण



काठमाडौं । मौसममा आएको खराबीले आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आन्तरिक टर्मिनल विभागका अनुसार मौसमको खराबीले आज (बिहीबार)को उडान भद्रगोल भएको हो ।

आन्तरिक विमानस्थलबाट बिहीबारका लागि तय भएका १४२ उडान प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयकाअनुसार धनगढीबाट मौसम खुलेर उडेका जहाज इनरुट वेदर बिग्रिएका कारण भैरहवामा अवतरण गर्नुपरेको छ । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध र श्री एयरलाइन्सका विमान भैरहवामा अवतरण गरिएको छ ।

श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरका अनुसार मौसमका कारण जहाज धमाधम डाइभर्ट भइरहेका छन् । व्यवस्थापन मिलाउन हाज कम्पनीहरुलाई हम्मेहम्मे परिरहेको छ । मौससको कारण बाहेक अरु कुनै प्राविधिक कारणले जहाज डाभर्ट नभएको पनि उनले बताए ।


क्लिकमान्डु