सांसद मञ्जु शर्मा अन्सारीको निधन



काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

जनता समाजवादी पार्टी(जसपा) बाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारीको सांसद भएकी थिइन् । अन्सारी जसपाको पोलिटब्यूरो सदस्य थिइन् ।

अन्सारीको निधन भएपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सिभिल अस्पताल पुगेर शोक प्रकट गरेका छन् ।


क्लिकमान्डु