गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बस्दै



काठमाडौं। सत्ता गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक शनिबार विहान बस्ने तयारी भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहि समयमा कार्यदलको बैठक बस्न लागेको हो ।

कार्यदलले शुक्रबार साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको थियो । गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन् ।

कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।


क्लिकमान्डु