पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन्ः अध्यक्ष बिजुक्छे



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन् ।

शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको उनले बताए । उनीहरुको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने उनले बताए । पुरातात्किव र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको उनको भनाइ छ ।

‘मजदुर किसानहरु नै देशको बहुमत जनता हो । ठूला ठूला मानिसहरुको भ्रष्टाचारको विषयमा त पूर्ववक्ता साथीहरुले भनि हाल्नुभयो । पद ठूलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरु राम्रा हुन्छन् भन्नेकुरा सत्य होइन । त्यसकारण तिनीहरुको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्नेकुरा मनमा राखौँ’ उनले भने ।

जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको उनले बताए । नयाँ पुस्ताले प्राचिक इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु