सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, २६ जना बने भाग्यमानी
काठमाडौं । बुक विल्डिङ विधिमार्फत सर्वोत्तम सिमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ ।
जसमा ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् । त्यसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।
कम्पनीको आईपीओमा ९ लाख ५९ हजार ८९७ जनाले आवेदन दिएकोमा ९३८ जनाको आवेदन रद्द थियो । आवेदन दिएकामा ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
कम्पनीले फागुन १३ देखि १६ गतेसम्म २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सेयर निष्कासन गरेको हो ।
आईपीओको नतिजा सर्वोत्तम सिमेन्टको वेबसाइट, मेरो सेयर, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट र सीडीएससीले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइटबाट सकिने छ ।