जापानमा रहेको विद्यालयमा नेपाली पढाउनेसहित ८ जनालाई रोजगारीको अवसर



काठमाडौं । जापानमा रहेको नेपाली स्कुलमा ८ जनालाई रोजगारीको अवसर खुलेको छ ।

जापानमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलले शिक्षकदेखि सवारी चालकसम्म गरेर ८ जना कर्मचारी माग गरेको हो ।

जापानमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा नेपाल सरकारको पाठ्यक्रम अनुसार अध्ययन अध्यापन हुने गरेको छ ।

स्कुलले केजी शिक्षक दुई जना, केजी स्कुल इन्चार्ज २ जना, एडमिनिष्ट्रेटिभ अफिसर १ जना, रिसेप्सनिष्ट १ जना, स्कुल लेभर शिक्षक अंग्रेजी,नेपाली, फिजिक्स, केमेष्ट्रिय र गणितका लागि १ जना माग गरेको हो । त्यस्तै दुई जना ड्राइभर पनि माग गरेको छ । ड्राइभरका लागि स्नातक पास भएको, लाइसेन्स चाहिने छ ।

जापानिज भाषाको एन ४ लेभलको सर्टिफिकेट भने एडमिनिष्ट्रेटिभ अफिसर र ड्राइभरका लागि आवश्यक पर्ने छ। तलब भने जापान सरकारको नियम अनुसार हुने स्कुलले जनाएको छ । आवेदन २९ फेब्रुअरी अघिसम्म दिन पाइने सूचनामा जनाइएको छ।


क्लिकमान्डु