एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ, विशेष छुटको अवसर



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शपि शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई शुभारम्भ भएको छ।

आधुनिक तथा प्रबिणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु जस्तै एलइडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिबाट यहाँ भएका विद्युतिय सामाग्रीहरुबारे जानकारी पनि लिन सक्ने कम्पनीले जनाएको छ । यी शोरुमहरु हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहने छ ।

यस एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, 0% किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयलटी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको छ ।

दक्ष बिशेषज्ञबाट बिभिन्न एलजीका सामाग्रीहरुको लाइभ डेमो, पर्सनल एक्सपेरियन्स जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै एलजी शपि शोरुमहरुले फ्री डेलिभरी, फ्री इन्स्तलेशन (एलजी सर्टिफाईड) र प्राइभेट मेन्टिनेन्स सर्भिस सेवाहरु पनि प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु