मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको छैन: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएका छन्।

ग्लोबल आईएमई बैंकमा रहेको रविको खातामा प्राइम बैंकबाट सहकारीबाट निकालिएको १ करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएपछि लामिछानेले सोमबार पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका हुन् ।

‘मेरो खातामा एक करोड ८० लाख आयो भनिएको छ । यो कुराको पुष्टि हुने आधार छैन । मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको छैन’ लामिछानेले बाँयातिर बसेका नबिल बैंकका पूर्व सीईओ अनिलकेशरी शाह तिर हेर्दै भने।

पैसा जम्मा नभएको बारे आफूलाई बैंकले पत्र दिएको भन्दै उनले देखाए ।

‘मेरो खातामा त्यस परिमाणको रकम चेकमार्फत जम्मा नभएको पत्र बैंकले दिएको छ’, लामिछानेले भने, ‘बैंकबाटै पत्र आइसकेपछि मैले थप प्रष्टीकरण दिइरहनु परेन । बैंकले नै जम्मा नभएको भनिसकेपछि मेरो खातामा रकम आउँदा घण्टी बज्दा थाहा पाएन भनेर प्रश्न गर्नै परेन ।’

उनले कसैले मेरो नाममा बैंकमा चेक जम्मा गरेको र काउन्टरमा हुने बैंकका कर्मचारीले मेरो नामको खातामा जम्मा भएको कागज दिए पनि खातामा पैसा नभएको र रकम जम्मा नभएको बताए ।


क्लिकमान्डु