सहकारी ठगी प्रकरण: रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको विषयमा सञ्चारमाध्यममा समाचारहरु प्रकाशन भएपछि उनले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

कान्तिपुर दैनिकमा सहकारीको पैसा लिएर लामिछानेले सेयर पाएका र छाड्दा १ करोड ८० लाख खातामा लिएको भन्दै समाचार प्रकाशन गरेको थियो ।

‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन । पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका “स्लिप” मा कोहि “स्लिप” हुनै पर्दैन । बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु’ लामिछानेले भनेका छन् ।


क्लिकमान्डु