उर्जा दशक घोषणा गर्न ईप्पानको माग



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा उध्यमी उत्साहित भएको बताए । १० बर्षमा १० हजार मेगावाट विद्युत बेच्ने निर्णय स्वागतयोग्य रहेको बताए ।

अहिले देश उर्जामय भएको बताउँदै उनले सरकारलाई अबको दशक उर्जा दशक घोषणा गर्न माग गरे । उर्जा दशक घोषणा गर्न संकटकाल लगाउन समेत उनले माग गरे ।

अहिले भ्याट बढाएको सन्दर्भमा पहिलाकै दरमा कायम गर्न माग गरेको उनले स्मरण गराए । उर्जाको भ्याट घटाउने सवालमा अर्थ मन्त्रालयले यो समस्या समाधान गर्न उर्जा मन्त्रालयले क्याबिनेटमा लैजान सुझाव दिएको स्मरण गरे ।

अध्यक्ष कार्कीले बाढी पहिरोका कारण ३१ आयोजनामा क्षति भएको भन्दै ती आयोजनाको समस्या समाधान गर्न आग्रह गरे । ईप्पान डेको अवसरमा आयोजित कार्यक्रममा उनले १० हजार मेगावाट बिद्युत उत्पादन गर्न ४६ खर्ब लाग्ने स्मरण गराए । कार्कीले यसमा ध्यान दिन राष्ट्र बैंकलाई समेत ध्यान दिन आग्रह गरे ।

सरकारले लगानी सम्मेलन गर्न लाग्दा उर्जा उद्यमीलाई सरकारले बेवास्ता गरेको जस्तो महशुस भएको उनको भनाइ छ ।
कार्कीले विदेशमा रहेका नेपालीले नेपाल फर्केपछि घर जग्गामा लगानी गर्ने गरेको भन्दै अब त्यो लगानी जलविद्युत आयोजनामा लगाउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे ।

कार्कीले ट्रान्समिसन लाइन नहुने हो भने बिद्युत धेरै खेर जाने र त्यो अवस्था उर्जा उद्यमीले सहन नसक्ने बताए । गत आवमा २र३ सय मेगावाट विद्युत खेर गएको स्मरण गराए । त्यसको असर बैकले उर्जा उद्यमीलाई कालो सूचिमा राख्ने स्मरण गराए । आयोजनामा समय समयमा तोडफोड हुने, चन्दा आतंक बढेको, फोन नउठाउने हो भने घर घरमा आएर आतंकित बनाउने गरेको भन्दै सुरक्षामा ध्यान दिन गृह मन्त्रीलाई आग्रह गरे ।

अहिले ३६ सय मेगावाट पीपीए भएको र बैकले लगानि गर्न सक्ने वातावरण नरहेको भन्दै यसमा ध्यान दिन सरोकारवाला निकायलाई आग्रह उनले गरे । पीपीए भएका आयोजनामा लगानी नभएको खन्डमा आयोजना रद्द हुने उनले दाबी गरे ।

कार्कीले अर्बौ, खर्बौंका आयोजना बनाउने उर्जा उद्यमी सिंहदरबार छिर्न समस्या हुने भन्दै ईप्पानको कार्ड देखाएपछि सिहदरबार प्रवेश गर्ने व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरे ।


क्लिकमान्डु