सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला एक सय रुपैयाँले घटेर १ लाख १९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको मूल्य १ लाख १८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु