माघि मनाउन गएकाहरुको टुँडिखेलमा भागदौड हुँदा ८ जना घाइते



काठमाडौं । माघि मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् ।

टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरु घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उपरीक्षक ढुङ्गेलले भने, ‘आज टुँडिखेलमा ठूलो सङख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।’

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।


क्लिकमान्डु