माघीको अवसर पारेर राष्ट्रपतिद्वारा नेताहरुसँग छलफल



काठमाडौं । माघी पर्वको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरुसँग छलफल गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शितल निवासमा बोलाएर राष्ट्रपति पौडेलले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरूले गर्नुपर्ने बताए ।

पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरे ।

संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै उनले त्यसलाई आशामा परिणत हुनेगरी राजनीतिक दलहरूले आवश्यक कानुनहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

जनताले विकासको अपेक्षा गरेको र त्यसमा जनप्रतिनिधिले उचित भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालगयतका नेताहरूको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु