बम्जनको घरबाट बरामद साढे ३ करोड र मोबाइल सार्वजनिक



काठमाडौं । रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेपछि उनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ प्राप्त भएको थियो त्यस्तै ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

सीआईबीले पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको हो । ब्युरोको टोली मंगलबार उनको घरमा पुग्दा बम्जनले भाग्ने प्रयास गरेका थिए ।

आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ ।
आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता भएका छन्।

उनी पक्राउ परेसँगै उनका समर्थक सीआईबी कार्यालयसमेत पुगेका थिए ।


क्लिकमान्डु