पोखरामा तीनदिने कृषि यान्त्रिकरण एक्सपो हुने



काठमाडौं । पोखरामा तीनदिने कृषि यान्त्रिकरण एक्सपो हुने भएको छ ।

‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रादेशिकस्तरीय कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रर्दशनी हुने गरि एक्सपो गर्न लागिएको हो ।

पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा यहि पुष २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशस्तरीय एक्सपोको आयोजना गरिएको हो ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ ९नामिया० का अध्यक्ष कृष्ण शर्माका अनुसार यो बर्षको एक्सपोमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले सह आयोजकको रुपमा सघाएका छन् ।

त्यसैगरी ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (रीड), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप), नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना (एनएलएसआईपी) र राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटारले पनि सहकार्य गरेको छ । एक्सपोको प्रवद्र्धन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गर्ने भएको छ ।

प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहने व्यवस्था गरिएको छ । एक्सपोमा करिव ५ करोड मूल्य वरावरको कारोवार हुने अनुमान गरिएको छ । कृषक, उधमी, ब्यवसायी, कृषि बिज्ञ, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत गरी करिव २० हजारले उक्त एक्सपोको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

एकै थलोमा आधुनिक प्रविधि कृषि औजार र उपकरणर तथा सेवाका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्तालाई कृषिखयान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन र कृषि यान्त्रीकरणको बजार विस्तार गर्ने उद्देश्यले यो एक्सपोको आयोजना गरिएको हो ।


क्लिकमान्डु