नेपाल राष्ट्र बैंकमा ६७ कर्मचारी माग, कहिलेसम्म दिन पाइन्छ आवेदन ?



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारीको माग भएको छ । राष्ट्र बैंकले विभिन्न पदमा गरी ६० भन्दा बढी कर्मचारीको माग गरेको हो । राष्ट्र बैंकले खुला तथा समावेशी प्रक्रियाअन्तर्गत दरखास्त आह्वान गरेको हो।

राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवा सहायक निर्देशक तथा सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो । सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाली नागरिकले पुस ६ गते, मंगलबारदेखि पुस २६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर आगामी माघ ४ गतेसम्म पनि दरखास्त पेस गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।


क्लिकमान्डु