यूट्यूबमा भिडियो यसरी अपलोड गर्न सकिन्छ



काठमाडौं । भिडियो हेर्न तथा भिडियो अपलोडका लागि यूट्यूबको प्रयोग हुने गरेको छ । यूट्यूब च्यानल मार्फत सजिलै यूट्यूबमा भिडियो अपलोड गर्न सकिन्छ । यूट्यूबमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने भएकाले मानिसमा भिडियो निर्माण गर्ने होड नै चल्ने गरेका छन् ।

तपाईसँग पनि कुनै राम्रो भिडियो हुन सक्छ । जसलाई लाखौं मानिसले मपराउन सक्छन् र राम्रो आम्दानी पनि गर्न सक्नु हुन्छ । त्यसका लागि तपाइले त्यस भिडियोलाई यूट्यूबमा राख्नु पर्ने हुन्छ । त्यसका लागि यूट्यूब च्यानलको आवश्यकता पर्छ ।

आज हामीले यूट्यूब च्यानल कसरी बनाउने भन्ने बारेमा जानकारी दिने जमर्को गरेका छौं ।

यूट्यूबमा भिडियो यसरी अपलोड गर्नुहोस्

१. एन्ड्रोइड मोबाइल वा कम्प्युटर, यूट्यूब भिडियो च्यानल बनाउनका लागि जिमेल आइडीको आवश्यकता पर्छ ।
२. त्यसका लागि जिमेल आइडी बनाउनु पर्ने हुन्छ ।
३. यूट्यूब खोलेर प्रोफाइलमा जाने । प्रोफाइलमा जिमेल राखिसकेपछि यूट्यूब च्यालन बन्छ ।
४. यूट्यूब च्यालनको निर्माण पछि माइ भिडियोमा क्लिक गर्ने । त्यस पछि ग्यालरीमा भएका भिडियोहरु देखा पर्छन । ती मध्ये अपलोड गर्न खोजेको भिडियोलाई सेलेक्ट गर्ने । सेलेक्ट गरेपछि भिडियोको टाइटल र डिस्किृप्सिन राख्ने । अनि पब्लिस्ट क्लिक गरेपछि भिडियो यूट्यूबमा अपलोड हुन्छ ।


पुष्प दुलाल