नेप्सेले निबन्ध प्रतियोगिता गर्दै, उत्कृष्टलाई ७५ हजार पुरस्कार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले निबन्ध प्रतियोगिताको आयोजना गरेको छ ।

नेप्सेले ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजीबजार सम्बन्धि निबन्ध प्रतियोगता आयोजना गर्न लागेको सूचनामार्फत जानकारी दिएको छ ।

उक्त बिवन्ध प्रतियोगितामा नेपालका विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका कलेज तथा क्याम्पसहरुमा स्नातकोत्तर तहमा अध्ययरत विद्यार्थीहरुले भाग लिन पाउने नेप्सलेले जनाएको छ ।

नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरिएको नेप्सले जनाएको छ । कम्तीमा २ हजार र बढिमा २५ सय शब्द सीमामा लेखिएको नेपाली वा अंग्रेजी माध्यमको निबन्धले प्रतियोगिताले भाग लिन पाउनेछन् ।

इच्छुकले आफू अध्ययनरत कलेज वा क्याम्पसको सिफारिस संलग्न गरि अन्यत्र प्रकाशित नभएको र प्रकाशनका लागि अन्यत्र पेश नगरिएको निबन्ध प्रतियोगितामा पठाउन सक्नेछन् । तर, एआईको प्रयोग गरि तयार गरिएको निबन्धलाई भने प्रतियोगितामा समावेश नगरिने नेप्सले जनाएको छ ।

प्रतियोगितामा प्राप्त हुने निबन्धहरुमध्येबाट उत्कृष्टलाई ७५ हजार पुरस्कार दिइने नेप्सले जनाएको छ । त्यस्तै, दोस्रो पुरस्कारका रुपमा ५० हजार र तेस्रो पुरस्कारका रुपमा २५ हजार दिइने नेप्सले जनाएको छ ।

प्रतियोगितामा भाग लिनका लागि ढिलोमा पुष १५ गतेभित्र निबन्ध नेप्सेमा पठाउन आह्वान गरिएको छ ।


क्लिकमान्डु