भारतको औद्योगिक उत्पादन अक्टोबरमा ११.७ प्रतिशतले बढ्यो



औद्योगिक उत्पादन सूचकांक (आईआईपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ ।

यो पछिल्लो १६ महिना यताकै धेरै हो । मुख्यतया खानी, उत्पादन र विद्युत क्षेत्रले देखाएको कार्यसम्पादनमा वृद्धि भएको छ । उपभोगमा आधारित वर्गीकरणअनुसार अक्टोबर महिनामा प्राथमिक वस्तुको परिसूचक १४६.१, पुँजीगत वस्तुमा १०६.९, मध्यवर्ती वस्तुको परिसूचक १५७.८ र पूर्वाधार निर्माणका वस्तुको परिसूचक १७३.९ रहेको मन्त्रालयले जनाएको छ ।

टिकाऊ वस्तुहरू अक्टोबरको लागि क्रमशः १२३.० र १४१.५ रहेको छ । सेप्टेम्बरमा आईआईपीले ५.८ प्रतिशतको वृद्धि भएको जनाएको थियो ।


क्लिकमान्डु