प्रधानमन्त्रीले बोलाए चौमासिक समीक्षा बैठक



काठमाडौं । मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहालले चौमासिक समीक्षा बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले समीक्षा बैठक बोलाएका हुन् ।

बैठकमा मन्त्रीहरु र सबै मन्त्रालयका सचिवलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षको चार महिनामा सरकारले गरेका काम कारबाहीको समीक्षाका लागि बैठक बस्न लागेको हो ।

समीक्षा बैठक लगत्तै प्रधानमन्त्रीले आजै दिउँसो तीन बजे मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन् ।


क्लिकमान्डु