सिम्रौनगढ नगरपालिकामा झडप: प्रहरीको गोली लागेर एक जनाको मृत्यु



काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया छन् ।

कर्मचारीहरूले तलब नपाएको भन्दै लामो समयदेखि नगर परिसरमा धर्ना दिइरहेका थिए । बुधबार नगरपालिकामा मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत आएपछि प्रदर्शनरत कर्मचारीहरूले मेयरको गाडीमा तोडफोड गरेपछि झडप भएको थियो ।

झडपको क्रममा केही प्रदर्शनकारी र १० जना प्रहरीसमेत घाइते भएका छन् ।


क्लिकमान्डु