सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।