गगनको प्रश्नः कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको बताएका छन् ।
आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरु वाक्कदिक्क भएको बताए ।
एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको उनले बताए ।
कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै उनले प्रश्न गरे ।
महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए ।