ओलीको प्रश्नः स्वयंसेवकले ८१३ वटा अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्पप्रभावित क्षेत्रमा ८१३ वटा अस्थायी आवास बनाउँदासमेत सरकारले चासो नदेखाएको आरोप लगाएका छन् ।
झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलबार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले भने, ‘स्वयंसेवकले ८१३ वटा अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ?’
आफूहरुले यो संख्यालाई २ हजार पुर्याउने ढंगले अघि बढिरहेको उनले बताए । ‘२ हजार आवास हाम्रा भोलिन्टियरहरुले बनाउँछन्, अनि सरकार के हेर्छ , सकिँदो रहेछ नि, सरकारले बनाउनु पर्दैन ? सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । बिनापैसा हामीले ८१३ घर निर्माण गरेका छौँ,’ उनले भने ।
देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रुपमा पुग्ने उनले बताए ।