नक्कली शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसीलाई धरौटीमा छोड्न आदेश
काठमाडौं । उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा केसीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।