अटोमेटिक म्यासेजको समस्याले उडान असहज, म्यानुअल सिस्टमका कारण उडानमा ढिलाइ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अटोमेटिक म्यासेज ह्यान्डलिङ सिस्टम (एएमएचएस)मा समस्या आउँदा उडान व्यवस्थापन अहसज भएको छ ।

आइतबार बिहानैदेखि देखिएको उक्त समस्या मध्याह्नमा मात्र समाधान भएको थियो । फेरि समस्या आएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणको व्यवस्थापन असहज भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनका अनुसार वायुसेवाको उडान तथा अवतरणमा यसको विकल्प म्यानुअल सिस्टममा चलिरहेको छ । म्यानुअलबाट काम गर्दा केही समय ढिलो उडान हुने भए पनि कामै भने नरोकिएको उनले जानकारी दिए ।

उनका अनुसार जहाजको उडान हुँदा विमास्थलमा आउने सूचना प्रणालीको उक्त व्यवस्था अहिले पनि मर्मत भइरहेको छ । जहाज उडेपछि राडारमा देखिने भएकोले म्यानुअल गर्दा पनि हुने तर अटोमिटक आउने सूचनाको तुलनामा केही ढिलोमात्रै भएको पनि झाले बताए ।


क्लिकमान्डु