तिहारभर वालेटमा दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमालाई अस्थायी रुपमा वृद्धि गरेको जनाएको छ ।
राष्ट्र बैंकले आजबाट लागु हुने गरी मंसिर ३ गतेसम्मका लागि यो व्यवस्था गरेको हो ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिकाअनुसार हाल प्राकृतिक व्यक्तिको वालेटमा दैनिक १० पटक मात्र रकम जम्मा गर्न सकिने व्यवस्था छ ।