४ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने रेल, २१ सेप्टेम्बरदेखि संचालनमा



काठमाडौं । चीनले आफ्नै प्रविधिमा निर्माण गरेको विश्वकै तीव्र गतिको रेल आगामी सेप्टेम्बर २१ देखि संचालनमा ल्याउने भएको छ ।यो रेल बेइजिङ र सांघाईबीच तिव्र गतिले दौडेको देख्न पाइने भएको हो ।

नयाँ पिढीको बुलेट ट्रेन ‘फुसिङ’ २१ सेप्टेम्बरदेखि दौडन सुरु गर्ने भएको हो । रेलको अधिकतम गती प्रति घन्टा ४ सय किलोमिटरको हुनेछ । यो रेलले बेइजिङदेखि सांघाइबीचको १ हजार २ सय ५० किलोमिटरको दुरी केबल साढे ४ घन्टामा पुरा गर्ने छ ।

यो भन्दा पहिले बेइजिङदेखि सांघाइको यात्रा गर्न ६ घन्टा लाग्थ्यो । तर यो रेलले सेवा दिन थालेपछि यात्राको समय २ घन्टाले छोट्टिने छ । चीनको रेलवे कर्पोरेसनले यो रेल विश्वकै तीव्र दरमा गुड्ने व्यापारिक प्रयोजनको रेल भएको बताएको छ ।

चीनले प्रतिघन्टा ३ सय ५० किलोमिटरको दुरीमा चल्ने रेलको सुरुवात २००८ को अगस्टमा गरेको थियो । यो रेल बेइजिङ र तियानजिन बीच चल्ने गरेको थियो ।

तर २०११ मा भएको दुर्घटनापछि यो रेलको गतीलाई घटाएर २ सय ५० देखि ३ सय किलोमिटर प्रति घन्टा कायम गरिएको थियो । फुसिङ रेललाई पहिलो पटक जुनमा प्रदर्शन गरिएको थियो । २७ जुलाईमा यसको परिक्षण सञ्चालन गरिएको थियो ।

अब २१ सेप्टेम्बरदेखि यो रेलले राउन्ड ट्रिप पुरा गर्नेछ । यसको अधिकतम क्षमता ४ सय किलोमिटर प्रति घन्टा हुनेछ । चीनमा विश्वकै लामो अर्थात २२ हजार किलोमिटरको उच्च गतीको रेल नेटवर्क छ । चाइन एकेडेमी अफ इन्जिनियरिङका अनुसार चीनको एक तिहाई उच्च गतीको रेलवे ३ सय ५० किलोमिटर प्रतिघन्टाको दरमा गुड्ने बनाइने छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु