यी हुन् सेयर बजारका सबैभन्दा सस्ता कम्पनी, ८ बैंकको सेयर प्रतिकित्ता २०० भन्दा कम
काठमाडौं । सेयर बजारमा आएको निरन्तर गिरावटको असर सूचीकृत कम्पनीमा समेत परेको छ । बजारमा घट्दै जाँदा सूचीकृत कम्पनीको सेयर दोस्रो बजारमा करिब अंकित मूल्यमा नै आइपुग्न लागेको छ । नेप्सेका अनुसार २०० भन्दा कम मूल्यमा २९ वटा कम्पनी रहेका छन् ।
त्यसमा वाणिज्य बैंक पनि रहेका छन् । अधिकांश भने जलविद्युत कम्पनी छन् । अहिले आईपीओ निष्कासन गर्ने कम्पनीको बाढी आइरहेको छ । आईपीओ निष्कासन गर्ने कम्पनीले अंकित मूल्यमा प्रिमियम थपेर सेयर निष्कासन गरिरहेका छन् ।
जुन अहिले बजारमा रहेका संस्था कम्पनीको भन्दा मूल्य बढी रहेको छ । अहिले २०० भन्दा कम मूल्यमा ७ वटा वाणिज्य बैंकको सेयर पाउन सकिन्छ । हिमालयन बैंकको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको छ ।
यस्तै लक्ष्मी सनराइज लक्ष्मी बैंकको १८१ रुपैयाँ, प्राइम बैंकको सेयर मूल्य प्रतिकित्ता १७८ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिकित्ता १७४ रुपैयाँ, सिटिजन्स बैंकको प्रतिकित्ता १६९ रुपैयाँ, प्रभु बैंकको १६५ रुपैयाँ र कुमारी बैंकको १५६ रुपैयाँ प्रतिकित्ता रहेको छ । यस्तै नेपाल इन्फ्रास्टक्चर बैंकको १८७ रुपैयाँ प्रतिकित्ता रहेको छ ।
अहिले दोस्रो बजारमा न्यादी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ, जोशी हाइड्रोपावरको १९९ रुपैयाँ, हिमालयन हाइड्रोपावरको १९८ रुपैयाँ, रिडी पावरको १९४ रुपैयाँ, माउन्टेन हाइड्रोको १९० रुपैयाँ, युनिभर्सल पावरको १७६ रुपैयाँ, युनाइटेन मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७५ रुपैयाँ रहेको छ ।
यस्तै खानीखोला हाइड्रोपावरको १७२ रुपैयाँ, अरुण काबेलीको १७१ रुपैयाँ, अपी पावर १७१ रुपैयाँ, मोदी इनर्जीको १६९ रुपैयाँ, पञ्चकन्या माई हाइड्रोपावरको १६८ रुपैयाँ र युनियन हाइड्रोपावरको १६८ रुपैयाँ, सिनर्जी पावर १६७ रुपैयाँ छ ।
त्यसैगरी, जलविद्युत लगानी तथा विकास कम्पनीको १६१ रुपैयाँ, लिबर्टी इनर्जीको १५१ रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको १५० रुपैयाँ, दिव्यश्वरी हाइड्रोपावरको १४४ रुपैयाँ, शिव श्री हाइड्रोपावरको १४२ रुपैयाँ, नेशनल हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १४१ रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १२१ रुपैयाँ रहेको छ ।