विशाल ग्रुपको युनाइटेड डिस्ट्रिब्यूटरले एकै वर्ष गर्‍यो पौने १४ अर्बको व्यापार, ६ अर्ब ऋण लिँदै



काठमाडौं । विशाल ग्रुपद्वारा सञ्चालित युनाइटेड डिस्ट्रिब्यूटरले एकै वर्ष पौने १४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा १३ अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ४ करोड ३० लाख रुपैयाँ कम व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा १२ अर्ब ११ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ९ अर्ब ७० करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ९ अर्ब २६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले विभिन्न एफएमसीजी वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले पी एण्ड जी, ब्रिटानीया, अमुल, एण्ड एससी जोनसन र अन्य विभिन्न प्रकारका वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले देशभरका ३५ हजार हाराहारीमा रहेका आटलेटमा वस्तु वितरण गर्दै आएको छ ।

अनुज अग्रवाल, विवेक अग्रवाल, निकुञ्ज अग्रवाल, विशाल अग्रवालको ५० प्रतिशत हिस्सा र बाँकी हिस्सा अन्य १० जना सेयरहोल्डर रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ६ अर्बको रेटिङ गराएको छ । जसमा कम्पनीले एटु प्लस रेटिङ पाएको छ ।


क्लिकमान्डु