नसच्चिएसम्म कांग्रेस र माओवादीको भविष्य छैनः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको विरोध गरेको बताएका छन् ।

नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै बुधबार ओलीले एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभई देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी भएकाले विरोध गरिएको बताए ।

एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको उनको भनाइ छ । उनले माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको जिकिर गरे ।

अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताए । उनले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘देशलाई समृद्ध बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारी लाग्न अहिलेदेखि नै आवश्यक छ,’ उनले भने ।

मधेसमा समेत एकल बहुमतको सरकार बनाउन आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्नेगरी तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।


क्लिकमान्डु