मणिपाल अस्पतालका मास्के विद्या भूषणबाट सम्मानित



काठमाडौं । पोखरास्थित मणिपाल अस्पतालका निर्देशक प्राध्यापक डाक्टर अभिषेक मास्के विद्या भूषण ‘क’ बाट सम्मानित भएका छन् ।

शिक्षा दिवसको अवसर पारेर सरकारले मास्केलाई विद्या भुषण ‘क’ बाट सम्मानित गरेको हो ।

सरकारले उनलाई चिकित्सा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएबापत कदरस्वरूप यो सम्मानबाट सम्मानित गरेको हो । मास्केले नेफ्रोलोजी विषयमा डीएम गरेका छन् ।


क्लिकमान्डु