महानगरले फल्चा शैलीमा यात्रु प्रतीक्षालय बनाउँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न ठाउँमा यात्रु प्रतीक्षालय (फल्चा) निर्माण गर्ने भएको छ ।

महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना प्रकाशित गर्दै यात्रु प्रतीक्षालय निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

महानगरले काठमाडौंको मौलिकता झल्काउने किसिमका परम्परागत शैलीका पूर्वाधार बनाउँदै जाने नीतिअनुसार सार्वजनिक यातायातको प्रतीक्षा गर्न बस्ने यात्रु प्रतीक्षालय (फल्चा) निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

महानगरले परम्परागत शैली झल्किने गरि ड्रइंग डिजाइन तयार पारेकाले उक्त डिजाइनमा सार्वजनिक नीति साझेदारी अवधारणा अन्तर्गत रहेर काम गर्न चाहने संस्थालाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

आगामी ३० दिनभित्रमा प्रस्ताव पेश गर्न सकिने महानगरले जनाएको छ ।


क्लिकमान्डु