गठबन्धनका नेता जोगाउन रुमालले होइन, गम्छाले पसिना पुछ्दै ललिता निवासको फाइल बन्द गरियो: ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास जग्गा प्रकरणमा गठबन्धन दलका नेता जोगाउन सरकार लागिरहेको टिप्पणी गरेका छन् ।
गठबन्धनका नेता जोगाउन ललिता निवास प्रकरणमा ‘रुमालले होइन गम्छाले पसिना पुछ्नपरेको’ ओलीको टिप्पणी थियो ।
सरकारले चर्कोसँग फाइल खोलिन्छ भन्ने गरेको र गठबन्धनका नेताहरु मुछिएपछि बन्द गराउन निकै गाह्रो परिरहेको टिप्पणी गरे ।
‘निकै चर्कोसँग ललिता निवासको फाइल खोलिन्छ भन्नुहुन्थ्यो । त्यो फाइल बन्द गराउन क्या गाह्रो पर्यो है । कस्तो गाह्रो पर्यो बन्द गर्न । मुद्दा बुझाउन नसक्ने । कसरी उम्काउने ? कसरी ढाकछोप गर्ने ? सत्ता गठबन्धन परेपछि कसरी जोगाउने भनेर पसिना आयो त्यतिबेला । रुमालले पुगेर गम्छा लिएर पुछ्नुपरेको थियो त्यसिबेला पसिना’ ओलीले भने ।