स्लाइसमा अखाद्य बस्तु फेला, वरुण बेभरेजलाई महानगरले तिरायो २ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले वरुण बेभरेजलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरकाअनुसार बजार अनुगमनका क्रममा अखाद्य वस्तु बजारमा पठाएका कारण उक्त कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना तिराइको हो ।
उक्त कम्पनीमार्फत बजारमा वितरण हुने कोल्ड ड्रिंक स्लाईसमा महानगरपालिकाले अखाद्य वस्तु फेला पारेको थियो । सोही कारण सो कम्पनीलाई जरिवाना तिराइएको महानगरको बजार अनुगमन समितिले जनाएको छ ।
महानगरले उक्त कम्पनीलाई अखाद्य वस्तु बजारमा जानु पूर्व फिर्ता लैजाने व्यवस्था गर्ने, प्याकिंग, पछि रासायनिक, भौतिक दुवै रुपमा गुणस्तर कायम गर्ने र यसपटक बजारमा गएका गुणस्तरहित उत्पादन भएको भएमा पुनः परिक्षण गर्ने निर्देशन दिँदै सो कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।