ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा एआईको सहायता हुने
एजेन्सी । मेटाले आफ्ना विभिन्न सामाजिक सञ्जालमा एआईको प्रयोगसहितको सहायता दिने भएको छ ।
‘मेटा क्वेष्ट ३’ मा कम्पनीले विभिन्न उत्पादनहरुलाई सार्वजनिक गरेसँगै एआई सहायताका लागि ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा एआई सहायक हुने जानकारी दिएहो हो ।
मेटाले जानकारी दिएअनुसार एआईको सहायता म्यासेन्जर र ह्वाट्एपमा एआई स्टिकरदेखि इन्स्टाग्राममा एआईमा आधारित एडिटिंग सहायतासम्मका सुविधामा उपलब्ध हुनेछन् । मेटाले आफ्नै एआई ‘मेटा एआई’को प्रयोग गरेर यो सहायता दिनेछ ।
मेटा एआई कम्पनीको आफ्नै जेनेरेटिभ एआई हो, जुन लामा २ मा आधारित रहेर निर्माण गरिएको छ । कम्पनीले मेटा क्वेष्ट ३ मा रेबन मेटा स्मार्ट ग्लासदेखि मिक्स्ट रियालिटी हेडसेट पनि सार्वजनिक गरेको थियो ।