हिँडेरै बसन्तपुर पुगे राष्ट्रपतिसहितका भीभीआईपीहरु (तस्बिरहरु)



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसहितका भीभीआईपीहरु न्युरोडबाटै हिँडेर ईन्द्रजात्रा हेर्न बसन्तपुर पुगेका छन् ।

बिहीबार न्युरोडस्थित जुद्धशम्शेरको शालिकदेखि उनीहरु बसन्तपुरसम्म हिँडेर गएका हुन् ।

राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न बस्तपुर पुगेका हुन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन् । मेयर शाह नेवारी पोशाकमा बसन्तपुर पुगेका थिए ।

तस्बिरहरु


क्लिकमान्डु