काठमाडौं । आइसर मेगा सर्भिस क्याम्पबाट २ हजारले लाभ लिएका छन् । भदौ १७ देखि २९ सम्म नेपालभरका ११ स्थानमा सञ्चालित क्याम्पमा २ हजारभन्दा ग्राहकले सवारीको सर्भिसिङ गराएका हुन् ।
तेह्र दिन चलेको क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ । बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकलाई ६ महिनासम्म पार्ट्समा वारेन्टी प्रदान गरेको छ ।
नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्यासित मर्मतको सुविधा पनि आइसरले ग्राहकलाई प्रदान गरेको छ । बिदाको समय तथा रात्रिकालीन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा सञ्चालन हुने पनि क्याम्पमा जानकारी गराइएको छ ।
बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको जनाएको छ ।
प्रतिक्रिया