विश्वको ठूलो प्राविधिक सामग्रीहरुको उत्पादक फक्सकनले भारतमा लगानी र कर्मचारी दोब्बर बनाउने



काठमाडौं । विश्वकै ठूलो विद्युतीय तथा प्राविधिक सामग्रीहरुको उत्पादक फक्सकनलेले आगामी १२ वर्षमा भारतमा आफ्नो लगानी र कर्मचारीको संख्यालाई दोब्बर बनाउने बताएको छ ।

रोयटर्सकाअनुसार ताइवानमा रहेको यो कम्पनीले भारतमा आफ्नो उपस्थितिलाई बृहत बनाउँदै लैजान लगानीलाई दोब्बर बनाउने भएको हो । चीनबाट आफ्ना कारखानाहरुलाई अन्य देशमा पनि प्रतिस्थापन गर्नका लागि फक्सकनले भारतमा आफ्नो उपस्थिति बढाइरहेको छ । जसका लागि हाल फक्सकनले भारतको दक्षिणी क्षेत्रमा आफ्ना उत्पादन कारखानाहरु स्थापना गरिरहेको छ ।

फक्सकनका भारतका प्रतिनिधि भि लिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७३ औं जन्मदिनको उपलक्ष्यमा यस्तो जानकारी दिएका छन् । उनले आगामी वर्षको यहि समयमा भारतमा वैदेशिक लगानी, व्यापारको आकार र रोजगारीलाई पनि दोब्बर बनाउने बताएका छन् ।

फक्सकनले हाल भारतको तामिलनाडु क्षेत्रमा आईफोनको कारखाना स्थापना गरेको छ, जसमा ४० हजार जनाले रोजगार पाएका छन् । फक्सकन एप्पलका लागि उपकरणको निर्माण तथा सप्लाई गर्ने कम्पनी पनि हो ।

त्यस्तै, गत अगस्टमा भारतको कर्नाटक राज्य सरकारले फक्सकनले ६०० मिलियन अमेरिकी डलर ९७९ अर्ब ५७ करोड ८३ लाख ६० हजार रुपैयाँ० लगानी गर्न लागेको पनि जनाएको थियो ।

कर्नाटकमा आईफोनको केसिङका सामग्री र चिप बनाउने उपकरणहरुको उत्पादनका लागि दुई परियोजनामा यो लगानी गर्ने बताइएको थियो ।


क्लिकमान्डु