अर्थ मन्त्रालयका ५५ उपसचिव सरुवा, को कहाँ पुगे ?



काठमाडौं । एकैपटक अर्थ मन्त्रालयमा कार्यतर ५५ जना उपसचिवको सरुवा भएको छ ।

आन्तरिक राजस्व विभागको सूचना अधिकारी रहेका राजुप्रसाद प्याकुरेल आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुख कर अधिकृतमा सरुवा भएका छन् । यस्तै, विभागमा कार्यरत राजकुमार अधिकारी चावेल कार्यालय प्रमुख, अर्थ मन्त्रालयमा रहेका युवराज श्रेष्ठ बत्तिसपुतली कार्यालय प्रमुखमा सरुवा भएका छन् ।

बत्तिस पुतली कार्यालयको प्रमुख रहेका दुर्गादत्त भण्डारीलाई लाजिम्पाट कर कार्यालयको प्रमुख बनाइएको छ । त्यस्तै, कलंकी कार्यालयका प्रमुख मिमांश अधिकारीलाई अर्थमन्त्रालयमा ल्याइएको छ ।

ठूला करदाता कार्यालयबाट ऋषिराम अधिकारी, टिकाराम भुसाल, देवनारायण पौडेल, मुकुन्द पोखरेल, सुनिलकुमार यादव बाहिरिँदा राजकुमार केसी, इन्द्रबहादुर देवकोटा, गणेशप्रसाद नेपाल, दिलिपकुमार अधिकारी, बिमल सापकोटा भित्रिएका छन्।

त्यस्तै, अर्थ मन्त्रालयबाट उमेश श्रेष्ठलाई भन्सार विभाग, कपिलप्रसाद सुवेदीलाई आन्तरिक राजस्व कार्यालय सुर्खेत, कृष्णचन्द्र काफ्लेलाई भद्रपुर, खिमबहादुर कुँवरलाई राष्ट्रिय प्राकृत्तिक स्रोत तथा वित्त आयोग, ताराप्रसाद सापकोटालाई सार्वजनिक वित्त व्यवस्थापन कार्यालय, नवराज पन्थीलाई ललितिपुर १ कर कार्यालय, युवराज श्रेष्ठलाई बत्तिसपुतली सरुवा गरिएको छ ।

त्यस्तै, मोहनसिंह बस्नेतलाई धनगढी कार्यालय, शिव शर्मालाई पोखरा र बसन्त तिवारीलाई मध्यमस्तरीय करदाता कार्यालयमा सरुवा गरिएको छ ।


क्लिकमान्डु