सिँचाइ सुविधा पाउने किसानको संख्या बढ्यो
काठमाडौं । खेतिपाती गर्न आवश्यक पर्ने सिंचाई सुविधा लिने किसानको संख्या बृद्धि भएको फेला परेको छ ।
राष्ट्रिय कृषि गणनाअनुसार अघिल्लो बर्ष २०६८ को तुलनामा पछिल्लो गणनाअनुसार सिंचाई सुविधा लिने किसानको संख्या २८ लाख ८९ हजार पुगेको छ ।
तर, सिंचाई पुगेको क्षेत्रफल भने घटेको छ । अघिल्लो गणनाअनुसार २४ लाख ७२ हजार किसानले १३ लाख १३ हजार हेक्टर जग्गामा सिंचाई सुविधा प्रयोग गरेका थिए भने अहिलेको तथ्यांकअनुसार २८ लाख ८९ हजार किसानले १२ लाख ९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा प्रयोग गरेका छन् ।
तथ्यांकअनुसार देशभरको किसानको संख्यामध्ये झण्डै ७० प्रतिशत किसानले सिंचाई सुविधा प्रयोग गरेका छन् । यसमध्ये पनि सबैभन्दा बढी मधेश प्रदेश र मधेश प्रदेशको वारा जिल्लाका किसानले यो सुविधा प्रयोगमा ल्याएका छन्।