बुढ्यौलीको काँधमा कृषि



काठमाडौं । नेपालको कृषि क्षेत्रप्रति युवाहरु आकर्षित हुन नसकेको तथ्य बाहिरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणनाअनुसार युवा समूह कृषि कर्मप्रति आकर्षित हुन नसकेको औल्याएको छ ।

तथ्यांकअनुसार नेपालको कृषि कर्म बुढ्यौली उमेर लाग्न लागेको नेपालीको काँधमाथि पुगेको छ । ३५ देखि ४४ बर्ष उमेर समूहका २।७ प्रतिशत जनसंख्या भएको नेपालीको काँधमाथि कृषि कर्म पुगेको छ ।

यस्तै ४५ देखि ५४ बर्ष उमेर समूहका २४.८ प्रतिशत नेपालीले कृषि कर्म गर्दैआएका छन । त्यसैगरी ५५ देखि ६४ बर्ष उमेर समूहका १८.३ प्रतिशत नेपालीले कृषि कर्म गर्दैआएका छन् ।

उता २५ बर्षमुनिका युवाहरुको सहभागिता कृषिमा २.६ प्रतिशत मात्रै छ । यसैगरी कृषिमा लागेका युवाहरुमध्ये २५ देखि ३४ बर्षसमूहको संख्या १४.९ प्रतिशतमात्रै छ । युवालाई प्रेरित गर्ने खालको नीति नहुँदा उनीहरु कृषिकर्मबाट पलायन भएर वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् ।

अघिल्लो पटकको कृषि गणनाको तुलनामा कृषि कर्ममा युवाहरुको संख्या घटेको र बुढ्यौली उमेर लागेका नेपालीको काँधमाथि कृषि आइपरेको यो तथ्याँकले पुष्टि गरेको छ ।


क्लिकमान्डु