राइड सेयर कम्पनी टुटल फेरि सञ्चालनमा आउँदै



काठमाडौं । राइड सेयर कम्पनी टुटल फेरि सञ्चालनमा आउने भएको छ । केही महिनादेखि बन्द रहेको टुटल रिब्रान्डिङसहित सञ्चालनमा ल्याउन लागिएको हो ।

डेलिभरी कम्पनी ज्यापले टुटल सञ्चालनमा ल्याउन लागेको बताइएको छ । त्यसका लागि शुक्रबारदेखि टुटलमा ट्याक्सी र मोटरसाइकल दर्ता गर्न थालिएको छ ।

कम्पनीले पहिलो महिना बाइकबाट १५ र ट्याक्सीबाट १२ प्रतिशतमात्र कमिसन लिने जनाएको छ । त्यसपछि २० र १५ प्रतिशत बनाउने कम्पनीको तयारी छ ।


क्लिकमान्डु