वैदेशिक लगानी आकर्षित गर्न इन्डोनेसियाले सुरु गर्‍यो ‘गोल्डेन भिसा’



एजेन्सी । इन्डोनेसियाले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न ‘गोल्डेन भिसा’ कार्यक्रम सुरु गरेको छ ।

इन्डोनेसियाले सुरु गरेको नयाँ भिसा योजना अन्तर्गत विदेशी लगानीकर्ताहरुले आफूले लगानी गर्ने रकमका आधारमा ५ देखि १० वर्षसम्मको आवासिय अनुमति प्राप्त गर्नेछन् । सरकारी बोन्ड तथा कम्पनी स्थापना गरेर यो आवासिय किसिमको भिसा विदेशीहरुले प्राप्त गर्न सक्ने इन्डोनेसियाको सरकारले जनाएको छ ।

इन्डोनेसियाको अध्यागमनका निर्देशक स्मिली कासिमले विज्ञप्तीमा भनेका छन्, ‘गोल्डेन भिसा भनेको विदेशीलाई हाम्रो देशमा ५ देखि १० वर्षसम्मको आवासिय अनुमति दिने भिसा हो ।’

पाँच वर्षको भिसाका लागि व्यक्तिगत विदेशी लगानीकर्ताहरुले इन्डोनेसियामा २५ लाख अमेरिकी डलर ९३३ करोड १० लाख रुपैयाँ० नेटवर्थको कम्पनी स्थापना गर्नुपर्नेछ । त्यस्तै, १० वर्षको भिसाका लागि ५० लाख अमेरिकी डलर ९६६ करोड २१ लाख रुपैयाँ ० लगानी गरेर कम्पनी स्थापना गर्नुपर्नेछ ।

अन्य विभिन्न देशहरुले पनि लगानीकर्ताहरुलाई आकर्षित गर्न यस्तो किसिमका गोल्डेन भिसाको अवधारणा अपनाएका छन् । अमेरिका, आयरल्याण्ड, स्पेन तथा न्युजिल्याण्डजस्ता देशहरुमा यो व्यवस्था छ ।

इन्डोनेसियामा कर्पोरेट लगानीकर्ताहरुले निर्देशक र आयुक्तहरुका लागि भने ५ वर्षको भिसाका लागि २ करोड ५० लाख अमेरिकी डलर (३ अर्ब ३१ करोड) लगानी गर्नुपर्नेछ । १० वर्षका लािग यसको दोब्बर अर्थात ५ करोड अमेरिकी डलर (६ अर्ब ६२ करोड रुपैयाँ) लगानी गर्नुपर्नेछ ।

तर, कम्पनी खडा गर्न नचाहने दक्षिणपूर्वी एसियाली देशका विदेशी लगानीकर्ताहरुका लागि भने इन्डोनेसियाले फरक प्रावधान पनि राखेको छ । सरकारी बोन्डहरुको खरिद गरेर उनीहरुले गोल्डेन भिसा पाउन सक्नेछन् ।

आवश्यकताअनुसार ३ लाख ५० हजार अमेरिकी डलर (४ करोड ६४ लाख रुपैयाँ) देखि ७ लाख अमेरिकी डलर (९ करोड २७ लाख रुपैयाँ) बराबरको इन्डोनेसियाको सरकारको बन्डहरु खरिद गरेर उनीहरुले भिसा प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ ।


क्लिकमान्डु