कारोबारको ४० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सकिने



काठमाडौं । चालु पुँजी कर्जा सम्बन्धी नीतिमा नेपाल राष्ट्र बैंकले लचिलो व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै ४० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सक्ने व्यवस्था गरेको छ । यो

यसअघिको २५ प्रतिशतलाई बढाएर चालु पुँजी कर्जा लिन सक्ने व्यवस्था ४० प्रतिशत पुर्‍याएको छ । ४० प्रतिशत पुर्याउँदा विभिन्न ७ वटा शर्त राखिएको छ । ७ वटा शर्त पूरा गरेको खण्डमा मात्रै ४० प्रतिशत कर्जा पाइने छ ।

इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, डेज सेल्स आउट स्टयाण्डीङ, इन्भेन्टरी कन्भर्जन पिरियड, लिड टाइम र एकाउन्ट्स पेईबल पिरियडको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन् । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु